अमेरिकाको ग्रेट साल्ट ताल क्षेत्र नजिकै एउटा अनौठो घटना घटेको छ । एक ४६ वर्षे पुरुषले एकै परिवारका आमा तथा दुइ बच्चामाथि गर्नुसम्मको ज्यादती गरेको छ, जुन सुन्दा पनि आङै जिरिंग हुन्छ ।

एफ्रे गजम्यान नामको मान्छेले आफ्नै साथीको घरमा गइ साथीकै श्रीमती र उनका दुइ सन्तानमाथि अत्याचार गरेको छ । समाचार अनुसार उक्त पुरुष गएको मे ८ का दिन आफ्नो साथीको घरमा गएर ढोका ढक्ढकाएछ । बुवाको साथी आएको देखेपछि अंकल भन्दै १३ वर्षकी छोरीले ढोका खोलिछन् । तर अकस्मात ढोका खोल्ने बित्तिकै त्यो सनकी पुरुषले ती बच्चीलाई च्वाप्प समातेर उनको छाति तथा नितम्ब दबाउन थाल्यो र ती बच्चीलाई चुम्बन गर्न थाल्यो ।

ती बच्चीपनि रुन कराउन थालिन् । बहिनी रोएको सुनेपछि बाथरुममा नुहाइरहेको उनको ठूलो दाइ तत्काल आएछ र बहिनीमाथि अत्याचार गरिरहेको बुवाको साथीको हातबाट बहिनीलाई छुटाउने प्रयास गरेछ । साथीको छोरो आएपछि गजम्यान लाजले भुतुक्कै भएर ती बच्चीलाई छाड्यो ।

त्यस दिन ती बच्ची दाइको सहाराले त्यो मान्छेको पञ्जाबाट उम्किन सफल भएपनि अगष्ट २ का दिन गजम्यानले उनलाई जालमा पारिहालेछ । उसले ती बच्चीलाई जबरजस्ती आफ्नो कारमा चढाएर धेरैबेर गर्नुसम्मको अत्याचार गरेछ । ती बच्ची बल्लतल्ल कारबाट फुत्किएर घर गइन् र आफ्नी आमालाई सबै कुरा भनिन् ।

छोरीको कुरा सुनेर आमाको रिसको पारो तातिरहेको थियो, तर अकस्मात त्यो मान्छे बाहिर आएर ढोका ढक्ढकाउन थालेपछि उनको सरीर असिनपसिन भयो । उनले ढोका नखोलीकन प्रहरीलाई खबर गरिन् ।

तर पुलिस आउन नपाउँदै त्यो मान्छे ढोका फोरेर कोठामा छिर्यो र ती बच्चीकी आमालाई नांगेझार पारेर स्तन दबाउन थाल्यो । उनले ती महिलाको छोराको लिंग समातेर काटिदियो । पछि पुलिस आएर उक्त पुरुषलाई पक्रिन त सफल भयो तर यस्तो घटना घटाउनुको कारण भने अझै खुलिसकेको छैन । लिंग काटिएका युवकको गम्भीर अवस्थामा उपचार भैरहेको बताइएको छ ।